नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने ८ कम्पनी

काठमाडौं । सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट आएको छ । यससाता तीनदिनमा २०५ अंकले घटेको बजार बुधबार ५० अंकले बढे पनि आज फेरि दोहोरो अंकले घटेको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा १ अर्बले घटेर पौने ४ अर्बमा सीमित भएको छ ।

 

बिहीबार सेयर बजार मापक सूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा आइपुगेको छ । यसदिन २२५ कम्पनीको ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँ बराबरको ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेको छ भने विकास बैंक ३.१८ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ५० कम्पनीको मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, अपी पावर साढे १० करोड र मेगा बैंक १० करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला हाइड्रोपावर र नेपाल फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज गुडविल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.८६ प्रतिशत गुमाएका छन् । यसैगरी, प्रिमियर इन्स्योरेन्स र कालिका पावरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर, वरुण, आखुँखोला, र रसुवागढी हाइड्रोपावरका सेयरधनीले ५ प्रतिशभन्दा धेरै गुमाएका छन् ।

वाग्मती प्रदेशमा गुड्ने सार्वजानिक गाडीको भाडा बढ्ने Read Previous

वाग्मती प्रदेशमा गुड्ने सार्वजानिक गाडीको भाडा बढ्ने

‘रफ्तार’मा अघि बढ्दै नागढुंगा सुरुङमार्ग निर्माण, अहिलेसम्म कति खनियो ? Read Next

‘रफ्तार’मा अघि बढ्दै नागढुंगा सुरुङमार्ग निर्माण, अहिलेसम्म कति खनियो ?