सेयर बजारमा उच्च अंकको कमब्याक, यी ८ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । यससाताका ३ दिनमै २०५ अंकले घटेको बजार आज ५० अंकले फर्किएको हो ।

 

सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७२ करोडले घटेर ५ अर्बमा सीमित भएको छ ।

 

बुधबार सेयर बजार मापक सूचक नेप्से ५०.५८ अंकले बढेर २६६५.९४ विन्दुमा पुगेको छ । यसदिन २२९ कम्पनीको ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ बराबरको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.८७ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर ४.२२ प्रतिशत र विकास बैंक ३.१७ प्रतिशतले बढेको छ ।

 

आज कारोबारमा आएका २२९ कम्पनीमध्ये १९५ कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रीलरी साढे १८ करोड र नेपाल बैंक १६ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

उच्च अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अपी पावर र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मार्दी हाइड्रोपावर र कालिका पावर कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । यस्तै, हिमालयन ऊर्जा, छ्याङी हाइड्रोपार र कालिका माइक्रोफाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज मेगा बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.९२ प्रतिशत गुमाएका छन् ।

लक्ष्मी बैंकले पायोे ‘लिडिङ्ग पार्टनर बैंक’को उपाधि Read Previous

लक्ष्मी बैंकले पायोे ‘लिडिङ्ग पार्टनर बैंक’को उपाधि

यसवर्ष खाद्य कम्पनीले च्याङ्ग्रा नबेच्ने, खसीमा प्रतिकिलो १० रुपैयाँ छुट Read Next

यसवर्ष खाद्य कम्पनीले च्याङ्ग्रा नबेच्ने, खसीमा प्रतिकिलो १० रुपैयाँ छुट