काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १६.९० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद गरी कुल १७.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
हाल ८ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।