सेयर बजार सूचकमा सुधार देखिएपनि कारोबार रकम १४ करोडले घट्यो

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार घट्नेक्रम मंगलबार रोकिएको छ । साताको पहिलो दिनदेखि नै ओरालो लागेको बजारले आज सुधारको संकेत देखाएको छ । आज सूचकमा ४ अंकको सुधार देखिएपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा १४ करोडले गिरावट आएको छ ।

 

मंगलबार सेयर बजार मापक सूचक नेप्से ४.८७ अंकले बढेर १२०८.०० विन्दुमा पुगेको छ । आज १६७ कम्पनीको २४ करोड ४६ लाख ६८ हजार २०९ रुपैयाँको कारोबार भएको छ । ८ लाख ५० हजार ३८६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

कारोबार भएका ११ वटा समूहमध्ये दुई समूहको बाहेका अन्यसबै समूहको सूचक हरियाली भएका छन् । आज निर्जीवन बीमा समूह र होटल समूहको सूचक घटेका छन् ।

 

निर्जीवन बीमा समूहको १२.८८ र होटल समूहको सूचक ८.९४ अंकले ओरालो लागेका छन् ।जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १५.३ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ५.२ अंकले उकालो लागेको छ ।

 

कारोबार रकमको आधारमा एनआसी एशिया बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड ३६ लाख २८ हजार १ रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा नेपाल बैंक र प्रभु बैंक क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपाल बैंकको १ करोड ५५ लाख र प्रभुको १ करोड ८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज सबैभन्दा धेरै सबैको लघुवित्त र आँधीखोला लघुवित्तको सेयर मूल्य करिब १०% ले बढेको छ भने सिटी एक्सप्रेस फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.८९% ले घटेको छ ।

३० करोडको लागतमा पशुवधशाला निर्माण गरिँदै Read Previous

३० करोडको लागतमा पशुवधशाला निर्माण गरिँदै

खानेपानी योजना सञ्चाल गर्न उपभोक्ताबाटै सापटी, पैसा दिन नसक्नेलाई सहकारीको ऋणी Read Next

खानेपानी योजना सञ्चाल गर्न उपभोक्ताबाटै सापटी, पैसा दिन नसक्नेलाई सहकारीको ऋणी