अशोक लेलैण्ड दशैँ, तिहार बहार : सियोरसटमा स्कुटर र बाइक, बम्परमा युरोप टुर

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले चाडपर्वलाई लक्षित गर्दै ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

 

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

 

यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस, ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्नेछन् ।

 

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन वा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउने छन् ।

 

यस्तै, ग्राहकले प्रत्येक आइसीभी हाउलेज, एमसीभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन वा आइफोन १२ प्रो म्याक्स वा टीभीएस एनटर्क स्कुटर पाउने छन् । यी गाडी एकैपटक दुई वटा किनेमा ६० ग्राम सुन, एप्पल म्याकबुक प्रो, आइफोन १२ प्रो म्याक्स र रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पाउने छन् ।

 

यस्तै, एचसीभी र आइसीभी टिप्पर खरिदमा ३० ग्राम सुन वा आइफोन १२ प्रो म्याक्स वा एनटर्क स्कुटर वा बुलेट बाइक पाउने छन् ।

 

यो योजन अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । यो योजना मंसिर ३० गतेसम्म मात्र लागू हुने बताइएको छ ।

रसुवागढी नाकाबाट सवारीसाधन आयात वृद्धि, दुई महिनामा कति भित्रिए ? Read Previous

रसुवागढी नाकाबाट सवारीसाधन आयात वृद्धि, दुई महिनामा कति भित्रिए ?

सडकमा कालोपत्रको सट्टा कंक्रिट, कान्ति राजमार्गमा ढलान गरिँदै Read Next

सडकमा कालोपत्रको सट्टा कंक्रिट, कान्ति राजमार्गमा ढलान गरिँदै