एमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ ।

 

राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन् ।

 

प्रतिनिधिसभाको सोमबारको बैठकले सो विधेयकलाई पारित गरी राष्ट्रियसभामा पठाएको हो । विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ । राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो विधेयक कार्यान्वयनमा आउनेछ ।

मैलुङ खोलाको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

मैलुङ खोलाको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण Read Next

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण