मैलुङ खोलाको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । मैलुङ खोला जलविद्युत्को प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएके छ ।

 

कम्पनीले मंगलबार संस्थापक, सर्वसाधरण र स्थानीयको गरी कुल ३६ लाख ८१ हजार ४३० कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत भएसँगै बुधबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, बुधबार प्रिसेसनमा कारोबार हुन सकेन भने अर्को दिन मात्र कारोबारमा आउने छ ।

 

कम्पनीलाई कारोबारका लागि नेप्सेले  MKJC संकेत चिह्न प्रदान गरेको छ । कम्पनीको सेयर पहिलो कारोबारका लागि नेप्सले ९५.७५ रुपैयाँदेखि २८७.२५ रुपैयाँसम्म ओपन रेञ्ज तोकेको छ । यसकै बीचमा रहेर पहिलो कारोबार शुरु हुनेछ ।

 

कम्पनीले दोस्रो चरणमा साउन १४ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

जसमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए भने गोलाप्रथाबाट भाग्यमानी ६८ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए ।

 

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ ।

 

कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ ।

चीनको दोस्रो ठूलो घरजग्गा कम्पनी टाट पल्टिँदै, २९२ बैंकको ३०० अर्ब डलर ऋण डुब्ने सम्भावना Read Previous

चीनको दोस्रो ठूलो घरजग्गा कम्पनी टाट पल्टिँदै, २९२ बैंकको ३०० अर्ब डलर ऋण डुब्ने सम्भावना

एमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल Read Next

एमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल