सेयर बजारमा भीषण पहिरो, यस कारण घट्दै छ बजार

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । बजार खलेदेखि ओरालो लागेको बजार २० मिनेट (११ः२० बजेसम्म)मै ७५ अंकले घटेको हो ।

 

पछिल्लो एक महिना यता ओरालो लागेको बजारले आज पनि आफ्नो उही यात्रा जारी राखेको हो । १ महिनाको अवधिमा नेप्से सूचक करिब ६०० अंकले घटिसकेको छ ।

 

नेपाल राष्ट्र बैंकले साउन अन्तिमा जारी गरेको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाई गरेपछि घट्न थालेको बजार अझै थामिएको छैन् ।

 

यस्तै, पछिल्लो समय राष्ट्र बैंकको नयाँ व्यवस्थाकै कारण बैंकिङ प्रणालीमा तरलता अभाव चुलिँदा पनि सेयर बजार प्रभावित बन्न पुगेको छ । तरलता अभावका कारण बैंकको ब्याजदर समेत उकालो लागेको छ । जसले बजारमा प्रत्यक्ष प्रभाव परेको हो ।

 

तत्काल बैंकिङ प्रणालीमा तरलता सहज हुने र सेयर कर्जाको सीमामा हेरफेर हुने सम्भावना देखिँदैन । यस्तै, दशैं नजिएकाले सबैलाई पैसाको जोहो गर्नुपर्ने हुँदा नयाँ लगानीकर्ता बजार प्रवेश गर्ने सम्भावना पनि देखिँदैन । यसले गर्दा तत्काल बजारमा सकरात्मक प्रभाव पर्ने सम्भावना देखिँदैन ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश घोषणा Read Previous

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश घोषणा

चीनको दोस्रो ठूलो घरजग्गा कम्पनी टाट पल्टिँदै, २९२ बैंकको ३०० अर्ब डलर ऋण डुब्ने सम्भावना Read Next

चीनको दोस्रो ठूलो घरजग्गा कम्पनी टाट पल्टिँदै, २९२ बैंकको ३०० अर्ब डलर ऋण डुब्ने सम्भावना