सेयर बजारमा पहिरो जारी, देखिएन सम्हालिने छाँट

काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम आज पनि जारी रहको छ । बजार खुल्ने बित्तिकै करिब ६० अंकले घटेको बजार केही सम्हालिए पनि फेरि (११ः४५ बजेदेखि) ओरालो लागेको हो ।

 

२७५२ विन्दुमा पुगेको बजार फर्किएर २७९२ सम्म आइपुगे पनि फेरि ओरालो लागेको हो । ११ः५० बजेसम्म नेप्से ५७ अंकले घटेर २७५४ अंकमा आइपुगेको छ ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा कडाइ गरेपछि घट्न थालेको बजार अझै रोकिएको छैन । राष्ट्र बैंकको उक्त कदमपछि मात्रै नेप्से करिब ४२५ अंक घटिसकेको छ भने अझै घट्ने क्रम रोकिएको छैन ।

 

राष्ट्र बैंकले १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेपछि ठूला लगानीकर्ता प्रभावित हुँदा बजारमा प्रत्यक्ष असर परेको हो । साना लगानीकर्ता धेरै भए पनि उनीहरुको बजारमा न्यून प्रभाव हुँदा नेप्सेको पहिरो थामिन नसकेको देखिन्छ ।

 

यस्तै, पछिल्लो समय बैंकिङ प्रणालीम तरलता अभाव हुँदा पनि सेयर बजार प्रभावित भएको छ । तरलता अभावका कारण बैंकहरुलाई अन्य क्षेत्रमा नै ऋण लगानी गर्न गाह्रो पर्न थालेपछि सेयर कर्जा दिन छाडेका छन् भने ब्याजदर बढ्दा यसअघि ऋण लिएका लगानीकर्ता पनि प्रभावित भएका छन् ।

 

तत्काल राष्ट्र बैंकले सेयर धितो कजारमा परिमार्जन गर्ने र बैंकिङ प्रणालीमा तरलता थपिने सम्भावना नरहेको आगामी दिनमा पनि सेयर बजार अझै घट्न सक्ने सम्भावना रहेको लगानीकर्ताहरु बताउँछन् ।

 

संकटमा इँटा उद्योगी, जग्गा बेचेर ऋण तिर्न थाले Read Previous

संकटमा इँटा उद्योगी, जग्गा बेचेर ऋण तिर्न थाले

‘नेपालमा ब्याजदर र सेयर बजार बीच सम्बन्ध छैन, अब घट्न रोकिन्छ’ Read Next

‘नेपालमा ब्याजदर र सेयर बजार बीच सम्बन्ध छैन, अब घट्न रोकिन्छ’