काठमाडौं । नेपाल ल्युब आयलले प्रस्ताव गरेको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि १८ गते सम्म बुक क्लोज मिति तोकेको छ । तसर्थ, आज (असोज ४ गते)सम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य नाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति गर्ने, साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनी आय विवरण, नगद प्रवाह लगायत प्रस्ताव लैजाने भएको छ ।
कम्पनीको २९ औं वार्षिक साधरण सभा बोलाएको छ । सभा बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरबाट भर्चुअल माध्यमबाट हुनेछ ।