६ हाइड्रोपावरको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।

 

यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट ६ वटा हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्नेहरुमा रुरु जलविद्युत्, ङादी ग्रुप पावर, सिनर्जी पावर, अपी पावर, अरुण काबेली र सानिमा माइ हाइड्रोपावर रहेका छन् ।

 

हालसम्म लाभांश गरेका हाइड्रोपावरमध्ये ङादी ग्रुप पावरले सबैभ्न्दा धेरै २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । ङादीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

 

यसैगरी, अरुण काबेलीले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अरुणले १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद दिने भएको हो ।

यस्तै, अपी पावरले १०.५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत गरी ११.१० प्रतिशत लाभांश दिने भएको हो ।

 

यस्तै, सिनर्जी पावर, रुरु जलविद्युत् र सानिमा माइ हाइड्रोपावरले समान १०.५३ प्रतिशत लाभांश घोषणा गरेका छन् । यी तीनै कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद दिने भएका हुन् ।

 

लाभांश घोषणा गरेकामध्ये ४ कम्पनीले लाभांश वितरणको लागि बुकक्लोज समेत गरिसकेका छन् । सिनर्जी पावर, ङादी, अपि र अरुण कावेलीले  बुकक्लोज गरिसकेका हुन् ।

 

रुरुले साधरण सभा प्रयोजनका लागि असोज ७ गते र अरुणले असोज १८ गते बुकक्लोज तोकेको छ । बुकक्लोज मिति अघि सेयर किन्ने भने अझै यी दुई कम्पनीको लाभांश पाउँछन् ।

बाढीपछि तंग्रिएको बल्खु तरकारी बजार (फोटोफिचर) Read Previous

बाढीपछि तंग्रिएको बल्खु तरकारी बजार (फोटोफिचर)

ग्यासको मूल्य पसलैपिच्छे फरक, तोकिएकोभन्दा १५० रुपैयाँ बढीमा बेच्दै Read Next

ग्यासको मूल्य पसलैपिच्छे फरक, तोकिएकोभन्दा १५० रुपैयाँ बढीमा बेच्दै