असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गते भित्र इन्टरनेट र टेलिफोन सेवा प्रदायकले पोल भाडा नतिरे लाइन काट्ने भएको छ ।

 

प्राधिकरणले आज एक सूचना जारी गर्दै नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो ।

 

नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरुले प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी आफ्ना सेवा विस्तार गरिरहेका छन् ।

 

सम्झौता नै नगरी संरचना प्रयोग गर्ने, प्रयोग गरेर पनि सोबापत प्राधिकरणलाई भाडा नै नबुझाउने, जीपीएस कोर्डिनेशन नक्सा र दूरी खुल्ने कागजातसमेत नदिने गरेको प्राधिकरणले जनाएको छ । समयमै सम्झौता नगरेका सेवा प्रदायकलाई नयाँ सेवा विस्तार गर्न पनि यसअघि नै रोक लगाइसकेको छ ।

 

यसैबीचमा, प्राधिकरणले संरचना प्रयोग गरेबापत तिर्नुपर्ने भाडादर परिमार्जन गरेको छ । प्राधिकरणले यसअघि महानगर/उपमहानगरमा यसअघि प्रति किमी प्रतिवर्ष ४ हजार १०० रुपैयाँ रहेको पोल भाडा बढाएर १५ हजार रुपैयाँ पुर्‍याएको छ ।

 

नगरपालिकामा यसअघि प्रति किमी प्रति वर्ष २ हजार १०० रुपैयाँ रहेकोमा बढाएर ७ हजार रुपैयाँ र गाउँपालिकामा प्रति किमी प्रति वर्ष १ हजार रुपैयाँ रहेकोमा बढाएर ७ हजार रुपैयाँ नै पुर्‍याएको

औषधिमा आत्मनिर्भर हुन कानुन बाधक, आधा बढी भारतकै भर Read Previous

औषधिमा आत्मनिर्भर हुन कानुन बाधक, आधा बढी भारतकै भर

सडकमा कालोपत्रको सट्टा कंक्रिट, भट्टेडाडाँ जाने सडक ढलान गरिँदै Read Next

सडकमा कालोपत्रको सट्टा कंक्रिट, भट्टेडाडाँ जाने सडक ढलान गरिँदै