कर्जा विस्तारमा विकास बैंकहरू आक्रमक, एक सातामै गरे ३.१५ अर्ब ऋण लगानी

काठमाडौं । कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका बाबजूद विकास बैंकहरुले उल्लेख्य मात्रका ऋण लगानी गरेका हुन् ।

 

डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालका अनुसार गत साता (भदौ १९-२५ गते) मात्र विकास बैंकहरुले ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो सोही अवधिमा संकलन गरेको निक्षेपको तुलनामा ४ गुणा बढी हो ।

 

गत सातामा विकास बैंकहरुले जम्मा ७३ करोड निक्षेप संकलन गरेका छन् । एक साताको अवधिमा १५ वटा विकास बैंकहरुले ७३ करोड १४ लाख रुपैयाँ निक्षेप थपेका हुन् ।

 

गत साता राष्ट्रिय स्तरका विकास बैंकहरुको निक्षेप संकल ०.२४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा विस्तार ०.७९ प्रतिशतले बढाउन सफल भएका छन् । यसैगरी सोही अवधिमा क्षेत्रिय स्तरका विकास बैंकको निक्षेप ०.३५ प्रतिशतले घटेको छ भने कर्जा ०.३८ प्रतिशतले बढेको छ ।

 

भदौ २५ गतेसम्म विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ खर्ब ३६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

 

डेभलपमेन्ट बैंकर एशोसिएसनका अनुसार हाल १८ वटा विकास बैंक सञ्चालनमा रहे पनि यहाँ १५ वटाको मात्रै तथ्यांक समावेश गरिएको छ । उक्त तथ्याकंमा विजनेश कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याकं समावेश गरिएको छैन् ।

मुस्ताङमा टेलिकमको ‘थ्रीजी’ सेवा विस्तार Read Previous

मुस्ताङमा टेलिकमको ‘थ्रीजी’ सेवा विस्तार

औषधिमा आत्मनिर्भर हुन कानुन बाधक, आधा बढी भारतकै भर Read Next

औषधिमा आत्मनिर्भर हुन कानुन बाधक, आधा बढी भारतकै भर