सेयर बजारको ओरालो यात्रा कायमै, लगानीकर्ता थप मर्कामा

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारले अझै आफ्नो लय समाउन सकेको छैन् । साताको पहिलो दिन आइतबारदेखि नै ओरालो लागेको बजारले आजपनि निरन्तरता दियो । दिनप्रतिदिन बजार घट्ने क्रम नरोकिएपछि लगानीकर्ताहरुमा निराशा बढ्दै गएको छ ।

 

सोमबार सेयर बजार मापक सूचक नेप्से ६.४९ अंकले घटेर १२०३.१३ विन्दुमा आइपुगेको छ । आज १७२ कम्पनीको ३८ करोड ५ लाख ९६ हजार ५७१ रुपैयाँको कारोबार भएको छ । १६ लाख ३ हजार ३२६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

कारोबार भएका ११ वटै समूहका सूचक ओरालो लागेका छन् । जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ६८.०३ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि ४.८५ अंकले तल झरेको छ ।

 

कारोबार रकमको आधारमा प्रभु बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो । यसको १० करोड भन्दा बढीको कारोबार भएको हो । कारोबारकै आधारमा नबिल बैंक र नेपाल बैंक क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नबिलको १ करोड ७९ लाख र नेपाल बैंकको १ करोड ६७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

 

 

आज साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य सबैभन्दा धेरै ४.८७% बढेको छ भने एनएलजी इन्सुरेन्सको सबैभन्दा धेरै ६.३३% ले घटेको छ ।

भाडा महँगो भएपछि गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन् Read Previous

भाडा महँगो भएपछि गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्

चाबहिल–साँखु सडक विस्तार चालू वर्षमा सम्पन्न हुने Read Next

चाबहिल–साँखु सडक विस्तार चालू वर्षमा सम्पन्न हुने