दिगोले राख्यो बीपी राजमार्गको मुलकोटमा फास्ट चार्जिङ स्टेशन

काठमाडौं । दिगो ग्रुप अफ कम्पनीजले सिन्धुलीको सुनकोसी गाउँपालिकाको मुलकोटमा चार्जिङ स्टेशन उद्घाटन गरेको छ । दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ ।

 

बिपी राजमार्गको मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको हो । उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ ।

 

दिगो ग्रुप अन्तर्गतको एन।ई।भि। नेपालका सीईओ दीपक थापाले प्राधिकरण शाखा प्रमुख एवम प्रमुख प्रशासकीय अधिकृत, समितिका अध्यक्ष एवम व्यवसायी तथा होटेल सन्चालक राम हरि पौडेल बाट संयुक्त रूपमा सो चार्जिङ स्टेशनको उद्घाटन गरेका थिए ।

 

अहिले काठमाडौं-सिन्धुली रुटमा दिगोले विक्री गरिएका विद्युतीय माइक्रोबसहरु संचालनमा रहेका छन् । डिफएसके ब्रान्डको सो विद्युतीय सवारी साधन २५० किलोमिटर रेन्ज भएको ११ सिट क्षमताको माइक्रो बस हो ।

 

मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ । यात्रुहरुले होटलमा खानारखाजा खाँदै गर्दा सवारी साधन चार्ज गर्न सकिनेछ । फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने अवसर प्रदान गर्नेछ ।

 

निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेशन जडान गर्ने कम्पनीको योजना छ ।

अब यूट्यूबरले पनि कर तिर्नु पर्ने Read Previous

अब यूट्यूबरले पनि कर तिर्नु पर्ने

उद्योगीले खाने तेलको मूल्य बढाकोेबढाइ, विभाग भन्छ-स्वभाविक हो Read Next

उद्योगीले खाने तेलको मूल्य बढाकोेबढाइ, विभाग भन्छ-स्वभाविक हो