साधना लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

हाल २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि चुक्ता पूँजी ३२ करोड १२ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

 

नेपाल एयरलाइन्सले दैनिक नयाँ दिल्ली उडान गर्ने, भाडा सस्तिने Read Previous

नेपाल एयरलाइन्सले दैनिक नयाँ दिल्ली उडान गर्ने, भाडा सस्तिने

अलैँचीको मूल्य सोचेभन्दा धेरै पाएपछि किसान उत्साहित Read Next

अलैँचीको मूल्य सोचेभन्दा धेरै पाएपछि किसान उत्साहित