काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आइपीओ विक्री प्रबन्धक एनआएबीएल एस क्यापिटलमा आज विहान बाँडफाँट भएको हो ।
क्यापिटल अनुसार गोलाप्रथाबाट भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने २२ लाख ७२ हजार २२७ जनाको हात रित्तो भएको छ ।
कम्पनीले भदौ ९ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियोे ।
जसमा ९२ लाख ५५ हजार ४४७ जनाले २ करोड ९२ लाख ६९ हजार ६४० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन ५ देखि आयोजना प्रभावित क्षेत्र तेह्रथुमबासीलाई ४ लाख कित्ता जारी गरिसकेको छ ।
कम्पनीले हाल तेह्रथुममा ७।५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँ छ ।
हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चुक्ता पूँजी ४० करोड पुग्नेछ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र तेह्रथुम पावर कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।