सेयर बजारमा झिनो गिरावट, यी ६ कम्पनीका लगानीकर्ता भने मालामाल

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । यससाता तीव्र उतरचढाव देखिएको बजार आज भने स्थिर देखिएको हो ।

 

यससाता आइतबार १०८ अंकले घटेको बजार सोमबार एकैदिन १६२ अंकले बढेको थियो । मंगलबार ४४ अंकले घटेको बजार बुधबार ६० अंकले घटेको थियो । यससाता नेप्से समग्रमा ५० अंकले घटेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से आज ०.६२ अंकले घटेर २८७५.९८ विन्दुमा आइपुगेको छ । आज २३० कम्पनीको ७ अर्ब ५ करोड रुपैयाँ बढीको १ करोड ४४ कित्ता बढी सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.९१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको परिसूचक १.२८ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २३० कम्पनीमध्ये १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११० कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज रिडी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, अरुण भ्याली साढे ४८ करोड र रैराङ हाइड्रोपावर ३३ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

झिनो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सानिमा लाइफका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

यसैगरी, रैराङ हाइड्रोपावर ९.२२ प्रतिशत, घलेम्दी ८ प्रतिशत, माउन्टेन र युनियन हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, अपी पावर ६.०२ प्रतिशत, एनआइबीएल समृद्धि फण्ड र साधना लघुवित्तका सेयरधनीले पनि ५ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

 

घट्दो बजारमा आज रिडी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.२६ प्रतिशत गुमाएका छन् ।

नव नियुक्त प्रधानसेनापति प्रभुराम शर्माको कति छ सम्पत्ति ? (विवरणसहित) Read Previous

नव नियुक्त प्रधानसेनापति प्रभुराम शर्माको कति छ सम्पत्ति ? (विवरणसहित)

कोरोना अति प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको राहत, ऋण २ वर्षसम्म तिरे हुने, हर्जना नलाग्ने Read Next

कोरोना अति प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको राहत, ऋण २ वर्षसम्म तिरे हुने, हर्जना नलाग्ने