एनएमबी बैंकको तीज अफर : क्यू आर कोडबाट सामान किन्दा ३०० रुपैयाँ क्यासब्याक

काठमाडौं । एनएमबी बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यू आर कोड, पोस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यास ब्याकको अफर ल्याएको छ ।

 

तीज नेपाली समुदायमा आफन्तजनसंग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो संग मनाइन्छ । तीजको बेला सार्वजनीक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गरेको हो ।

 

छुट सम्बन्धि थप जानकारी एन बैंकको वेवसाइट www.nmb.com.np को एनएमबी भिषा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

 

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चारवर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भइसककेको छ ।

 

एल साल्भाडोरले 'बिटक्वाइन'लाई दियो आधिकारिक मुद्राको मान्यता, विश्वभर तरंग Read Previous

एल साल्भाडोरले 'बिटक्वाइन'लाई दियो आधिकारिक मुद्राको मान्यता, विश्वभर तरंग

३९ स्थानमा सहुलियत पसल संचालन हुने, प्रतिकिलो १० रुपैयाँसम्म छुट Read Next

३९ स्थानमा सहुलियत पसल संचालन हुने, प्रतिकिलो १० रुपैयाँसम्म छुट