२ अर्ब लगानीमा व्यावसायीक अर्गानिक खेती सुरु

काठमाडौं । गोल्यान समूहले शतप्रतिशत नै प्राङगारीक (अर्गानिक) कृषि उपज बजारमा ल्याएको छ । ५ सय भन्दा बढी दक्ष तथा अनुभवि जनशक्ति कार्यरत यो समूहले देशको आर्थिक संवृद्धिको सपना पूरा गर्ने उद्देश्यले प्राङगारिक कृषि गर्न लागेको बताएको छ ।

 

२ अर्ब लगानि गरेर उत्पादन गर्न सुरू गरेको गोल्यान ग्रुपले पहिलो चरणमा २ सय बिघामा व्यवसायिक फार्मको खेती सुरू गरेको छ । गोल्यान समूहले देशको कुल निर्यातको नौ प्रतिशत हिस्सा ओगटेको उक्त समूहको भनाइ छ ।

 

यस कम्पनिले ‘माटो’ ब्राण्डका नामले देश विदेशमा विषदिमुक्त कृषिजन्य उत्पादन बिक्री वितरण गर्ने अभियान सुरू गरेको छ ।

 

अहिले माटो ब्राण्ड मार्फत अधिकतम मौसमी तरकारीहरूको बिक्री वितरण भइरहेको बेलामा उक्त समूहले निकट भविष्यमा फलफूल, चिया, कफी, मसला, बासनादार, चामल, मह, लगायतका सम्पूर्ण कृषि उपजहरूको बिक्री वितरण गर्ने गोल्यान पक्षले जनाएको छ ।

 

उक्त सामान हाल काठमाडौंका भाटभटेन, बिगमार्ट, लयायतका स्टोरहरूमा माटो ब्राण्डका कृषि उपजहरू पाइने छ ।
गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले भने ‘हामी दूई तिहाई किसान उत्पादनमा लागेका छौं, किसानहरू उकास्न पर्छ भनेर हामी अगाडि बढेका छौं ।’

 

विषादि रहित अर्गानिक तरकारी पनि अन्य तरकारीकै मूल्य पाइने उनले बताए । गोल्यान समूहले अर्गानिक तरकारी बाहेक अरू तरकारी नबेच्ने प्रतिबद्धता जनाएको छ । तरकारी मात्र उत्पादन गरेको गोल्यानले अब फलफूल पनि बजारमा ल्याउने अध्यक्षले जानकारी दिए ।

 

अर्गानिक खेती किसानबाट बिच्यौलियालाई नदिकन सिधै उपभोक्ता समक्ष पुर्याई कृषिमा रहेको व्यापार घाटालाई कम गर्ने गोल्यान समूहको लक्ष्य रहेको छ ।

कमलविनायक-नगरकोट सडक : सरकार म्याद थपेको थप्यै, सडकको अवस्था जहिलेनी उस्तै Read Previous

कमलविनायक-नगरकोट सडक : सरकार म्याद थपेको थप्यै, सडकको अवस्था जहिलेनी उस्तै

देशभर ४५ नयाँ सहर निर्माणको क्रममा, अझै केही अध्ययन हुँदै Read Next

देशभर ४५ नयाँ सहर निर्माणको क्रममा, अझै केही अध्ययन हुँदै