काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारले अझै आफ्नो लय समाउन सकेको छैन् । साताको पहिलो दिन आइतबार सूचकमा गिरावट आइपनि कारोबार रकममा भने १० करोडको बढोत्तरी आएको छ ।
सेयर बजार मापक सूचक नेप्से ३.४५ अंकले घटेर १२०९.६२ विन्दुमा आइपुगेको छ । आज १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता सेयर ३५ करोड २ लाख ६९ हजार ५०९ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबार रकम बिहीबारको तुलनामा १० करोडले बढी हो ।
आज कारोबार भएका १२ वटा समूहमा २ समूहका सूचक हरिया भएका छन् भने बाँकी १० समूहको सूचक ओरालो लागेका छन् ।
उत्पादनमूलक समूह ११.३ र होटल समूह ३.०४ अंकले बढेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ५१.०७ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १.६६ अंकले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा छिमेक लघुवित्तको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । छिमेकको ३ करोड २१ लाख ३० हजार ८ सय रुपैयाँको कारोबार भएको छ । खरिदबिक्री रकममै दोस्रो र तेस्रोमा नेपाल बैंक र नेसनल लाइफ इन्सुरेन्स परेका छन् ।
आज सबैभन्दा धेरै सिर्जना फाइनान्सको सेयर मूल्य ४.२१%ले बढेको हो भने पाँचथर पावर कम्पनी सबैभन्दा धेरै ७.२०%ले घटेको हो ।