अरुण काबेलीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । अरुण कावेली पावरले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले गत आवको नाफाबाट घोषणा गरेको १७.८९ प्रतिशत लाभांश पारित गर्न भदौ २६ गते वार्षिक साधरण सभा बोलाएको छ ।

 

सभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, भदौ १४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । भोलि सार्वजनिक बिदा परेकाले सेयर बजार बन्द हुने भएकाले आजसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

 

कम्पनीले गत आवको नाफाबाट १७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८९ प्रतिशत गरी कुल १७.८९ लाभांश दिने निर्णय गरेको हो ।

 

साथै, कम्पनीले उक्त बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

 

कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

थोत्रा बसलाई नयाँ जीवन : यात्रु बोक्न मात्र होइन, यस्ता ७ काममा हुन्छन् प्रयोग Read Previous

थोत्रा बसलाई नयाँ जीवन : यात्रु बोक्न मात्र होइन, यस्ता ७ काममा हुन्छन् प्रयोग

नेपाल लाइफले किन्यो नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत सेयर Read Next

नेपाल लाइफले किन्यो नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत सेयर