
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्स कम्पनीले आज (भदौ ८ गते) देखि १०ः७ अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गरेको छ ।
इन्सुरेन्सले चुक्ता पूँजीको ७० प्रतिशतले हुन आउने ८८ करोड ७४ लाख रुपैयाँ बराबरको ८८ लाख ७४ हजार कित्ता सेयर बिक्री खुल्ला गरेको हो । यस हकप्रदमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
इन्सुरेन्सको चुक्ता पूँजी हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले हकप्रद जारी गरेको हो।
इन्सुरेन्सले निष्काशन गरेको हकप्रदमा बुकक्लोजको अघिल्लो दिन अर्थात साउन २८ गते मंगलबारसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।
कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले सूर्या लाइफको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ प्रदान गरेको छ।
हकप्रदमा एनआईसि एशिया क्यापिटलको कार्यालयका साथै सि आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। सूर्या लाइफका उपत्यका बाहिरका शाखा कार्यालय मार्फत पनि आवेदन गर्न पाइनेछ।