नारायणगढ-मुग्लिन सडक अवरुद्ध, कति बजेसम्म खुल्ने सम्भावना छ ?

फाइल तस्वीर

काठमाडौं । बिहीबार राति नारायणगढ-मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०:०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८:२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।

 

डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५:३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उनले भने, “थप पहिरो नखसे बिहान १०:०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।”

 

अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।

सरकारी गोदाममा स्टक सकिँदै गएपछि ह्वात्तै बढ्यो चिनीको भाउ, व्यापारीले आयात गर्न थाले Read Previous

सरकारी गोदाममा स्टक सकिँदै गएपछि ह्वात्तै बढ्यो चिनीको भाउ, व्यापारीले आयात गर्न थाले

देशका ७५० पालिकामा पुगे बैंकका शाखा, यी हुन् बैंक पुग्न बाँकी ३ गाउँपालिका Read Next

देशका ७५० पालिकामा पुगे बैंकका शाखा, यी हुन् बैंक पुग्न बाँकी ३ गाउँपालिका