मोवाइलबाट इन्टरनेट चलाउने बढ्दै, कम्पनीका अफर र डाटा प्लानले सहज

काठमाडौं । नेपालको दुरसञ्चार बजारमा ३ करोड ८६ लाख ५४ हजार ७ सय ४० जीएसएम मोवाइल प्रयोगकर्ता रहेका छन् । नेपालमा नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल तथा युटिएलले मोवाइल सेवा प्रदान गरिरहेको छन् । जसमध्ये बजार हिस्सा सवैभन्दा धेरै नेपाल टेलिकमको रहेको छ । नेपाल टेलिकमको ५५ प्रतिशत हिस्सा छ भने एनसेल ४० प्रतिशत र नेपाल स्मार्ट सेलको ५ प्रतिशत रहेको छ ।

 

संख्यात्मक हिसाबले नेपाल टेलिकमको मोवाइल प्रयोयकर्ताहरु २ करोड १० लाख ७ सय ६७, एनसेलको १ करोड ६५ लाख, ९४ हजार ४ सय ८८ र नेपाल साटेलाइट कम्पनीको २० लाख ४९ हजार ४ सय ८५ को संख्यामा रहेका छन् । नेपाल टेलिकमको १ करोड ३७ लाख प्रयोगकर्ताहरुले मोवाइल डाटा प्रयोग गर्ने गरेको तथ्याङकले देखाएको छ । बर्षेनी मोवाइल प्रयोगकर्ता को संख्या बढिरहेको तथ्याङकले देखाएको छ । मोवाइलको प्रयोग सहज हुँदै जाँदा मोवाइलमा इन्टरनेट प्रयोग गर्नकोे संख्या पनि त्यहि अनुसार बढ्दै गएको हो ।

नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार नेपालमा सवैभन्दा धेरै मोवाइलबाट इन्टरनेट प्रयोग गर्नेको संख्या छ । मोवाइल इन्टरनेट प्रयोग गर्ने ७८ प्रतिशत , वाइरलेस २ प्रतिशत र वायर प्रयोग गरेर इन्टरनेट प्रयोग गर्नेको संख्या २० प्रतिशत रहेको छ । मोवाइल इन्टरनेटको सहजताको कारण बैकिङ्ग, मोवाइल सपिङ, विभिन्न सेवाशुल्क मोवाइलबाटै तिर्ने प्रबृत्तिको पनि विकास हुँदैं गएको पाइन्छ । त्यसकारण मोवाइल सेवा प्रदायकहरुको प्रतिग्राहक आम्दानी समेत बढ्दो छ । एक अनुसन्धानमा उल्लेख भए अनुसार वि.सं.२०६८/०६९ मा नेपाल टेलिकमले प्रति गा्रहक आम्दानी ७ सय ६८ र एनसेलले ६ सय ६४ प्राप्त गरेको थियो ।

 

एक्जिएटाले सार्वजनिक गरेको सन् २०१९ को तथ्याङ्कअनुसार पहिलो चार महिनामा १ करोड ८७ लाख जीबी डाटा प्रयोग गरेको छ । ४ महिनामा औसत प्रति महिना एक युजरले ८ सय २८ एमबी डाटा प्रयोग गरिरहेको देखिएको छ । उसैको प्रतिवेदन अनुसार सन् २०१५ मा पहिलो ४ महिनामा जम्मा १३ लाख जीबी मात्रै प्रयोग भएको थियो । भने औसत प्रतिमहिना ९१ एमबी प्रतिव्यक्ति । यसले नेपालमा पछिल्लो समय मोबाइल डाटाको प्रयोगको दर बढिरहेको छ भनेर नै देखाउँछ । सन् २०१५ मा पहिलो ४ महिनामा मोवाइल डाटाबाट प्राप्त आम्दानी कुल आम्दानीको ८ प्रतिशत मात्रै थियो भने सन् २०१९ को ४ महिनामा कुल आम्दानीको २२ प्रतिशत हिस्सा ओगटेको छ ।

म्यासेन्जर, इमो, भाइबर, उइ च्याट तथा ह्वाटस अफ जस्ता एप्लिकेशनहरु रहेका छन् । जति धेरै टेलिकम्युनिकेशनको क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग हुँदै जान्छ, त्यति नै धेरै डाटाको प्रयोग पनि बढदै गएको देखिन्छ । नेपालमा क्रियाशिल कम्पनीहरुले विभिन्न खालको अफरहरु वेला वेलामा ल्याउने गर्छन, त्यसैले गर्दा पनि मोवाइल डाटा प्रयोग बढ्ने गरेको कतिपय प्रयोगकर्ताहरु बताउँछन् ।

 

नेपालमा तुलनात्मक रुपमा इन्टरनेटको मूल्य महङ्गो छ । छिमेकी भारतमा नयाँ कम्पनीहरुले केहि बर्ष पहिला मोवाइल डाटा निःशुल्क प्रयोग दिएको उदाहरण पनि हाम्रो सामु छ । नेपालको औसत भ्वाइस कल आफ्नै नेटवर्क भित्र कल गर्दा पनि प्रति मिनेट रु २ देखि ४ सम्म लिने गरेको पाइन्छ । पछिल्लो समय नेपाल सरकारले इन्टरनेट प्रयोगमा १३ प्रतिशत भ्याट लगाइदिनाले पनि इन्टरनेटको प्रयोग महङ्गो भएको छ ।

 

टेलिफोन भ्वाइस कलमा समेत सरकारले २ प्रतिशत कर बढाएको छ । तर पनि नेपाल सस्तो मोवाइल डाटा उपलब्ध गराउने सूचिमा विश्वमा ४५औँ स्थान पर्छ ।

 

सस्तो इन्टरनेट दिनेमा छिमेकी भारत संसारमा पहिलो र श्रीलङका सातौँ तथा भुटान १८ औँ स्थानमा रहेका छन् । नेपालमा सवैभन्दा सस्तो एक जीवी डाटाको औसत मूल्य २.२५ अमेरिकी डलर र भारतमा ०.२६ अमेरिकी डलर रहेको छ । नेपालमा सवै जनता अझै इन्टरनेटको पहुँचमा पुग्न सकेको छैनन् । हालसम्म जम्मा ४८ प्रतिशत जनसंख्यालाई मात्र इन्टरनेटको पहुँच रहेको छ ।

 

अझै नेपालमा इन्टरनेटको बजार अधिक देखिन्छ । इन्टरनेटको बजार ग्राहक आवश्यकताले पनि निर्भर हुने हुदा सेवा प्रदायकहरुले ग्राहकको चाहाना बुझेर मात्रै अघि बढदा आवश्यक फाइदा लिन सक्छन । इन्टरनेटको प्रयोग नेपाली प्रतिस्पर्धी दुरसञ्चार कम्पनीहरुको मोवाइलमा डाटा चलाउने दिइने प्याकको मुल्यहरु यस्तो छ

कम्पनी मुल्य रु डाटा प्याक (एमबी) प्रयोग अवधि (दिन)

 

नेपाली बजारमा सवैभन्दा सस्तो मोवाइल डाटाको प्रयोगको सुविधा स्मार्ट सेलले दिएको देखिन्छ । यदि सस्तो मूल्यमा गुणस्तरिया सेवा प्रदान गर्दै गएमा उसैले बजार आफ्नो पक्षमा पार्नेछ । नेपाल दुरसञ्चार प्राधिकारणको अनुसार पनि नेपालमा भ्वाइस र डाटा प्रयोगको अवस्थालाई देखाइएको छु ।

पोते आयातपछि राम्रो बनाएर विश्वका १४ बढी देशमा निर्यात Read Previous

पोते आयातपछि राम्रो बनाएर विश्वका १४ बढी देशमा निर्यात

२७ हजार गाडीमा ‘भेहिकल ट्रयाकिङ सिस्टम’ जोडियो, ३ लाख ५० हजार सिष्टममा इन्ट्री Read Next

२७ हजार गाडीमा ‘भेहिकल ट्रयाकिङ सिस्टम’ जोडियो, ३ लाख ५० हजार सिष्टममा इन्ट्री