अब मोटरबाटो नपुगेको जग्गा धितोमा बैंकबाट ऋण पाइने, कति लाखसम्म पाइन्छ ?

काठमाडौं । अब कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय गर्न मोटरबाटोले नछाएको खेतीयोग्य जग्गा धितो राखेर ऋण लिन पाइने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गर्दै व्यवसाय गर्न खेतीयोग्य जग्गा राखेर २० लाख रुपैयाँसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो ।

 

बैंकका प्रत्येक शाखाले उक्त कर्जाको निवेदन प्राप्त भएको ७ कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

 

यस्तै, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले आयात सम्बन्धी व्यवसायबाहेक अन्य उत्पादनमूलक व्यवसायका लागि १ करोडसम्म कर्जा प्रवाह गर्दा बेसरेटमा २ प्रतिशत मात्रै प्रिपियम लिन पाउने व्यवस्था गरेको छ ।

 

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्न राष्ट्र बंैकले बैंकहरूलाई निर्देशन दिएको छ । यसैगरी ब्याजलाई ब्याजदर अन्तर गणना गर्दा छुट दिने राष्ट्र बैंंकले जनाएको छ ।

तेह्रथुम पावरको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Previous

तेह्रथुम पावरको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

सेयर धितोमा धेरै ऋण लिएकालाई राष्ट्र बैंकको अंकुश, १ वर्षभित्र १२ करोडमा झार्नुपर्ने Read Next

सेयर धितोमा धेरै ऋण लिएकालाई राष्ट्र बैंकको अंकुश, १ वर्षभित्र १२ करोडमा झार्नुपर्ने