काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । साउदले पत्रकार सम्मेलन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
साउदले नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर भित्री रुपमा श्रीमतीको नाममा किनेको सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।
त्यसपछि साउदलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । साथै, संसदको अर्थ समितिका सदस्यहरुले उनलाई निलम्बन गरी कारवाही गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
उनले ४ वर्षे कार्यकाल डेढ महिना बाँकी छँदै राजीनामा दिएका हुन् । साउद २०७४ असोज २३ गते नेप्सेको सीईओमा नियुक्त भएका थिए ।