हाइड्रो र विकास बैंकको सेयरमा पहिरो, यी १९ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । यसअघि उचालिएका विकास बैंक र हाइड्रोपावर समूहको सेयरमा भारी गिरावट आउँदा बजारमा उच्च अंकले घटेको हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक २० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज १६ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ५६.०३ अंकले घटेर ३१२४.८७ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ बराबरको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये निर्जीवन बीमा र फाइनान्स कम्पनीबाहेक अरु सबै समूहको सूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ६.२१ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक समूह पनि ३.९८ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै अरुण काबेली झन्डै ७२ करोड र नेशनल हाइड्रो ५८ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

उच्च अंकले घटेको बजारमा आज डेढ दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नेशनल हाइड्रो, एचआइडीसीएल, खानीखोला, दिव्यश्वरी, सिनर्जी पावर, नेपाल हाइड्रो, कालिका पावर, आँखुखोला, जोशी, घलेम्दी, युनिभर्सल पावर, शिवश्री र रुरु जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

 

यसैगरी, पञ्चकन्यामाइ, हिमालयन पावर, लिबर्टी इनर्जी, माउन्टेन र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले घटेको छ ।

 

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । गोर्खा फाइनान्स र जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

तलेखु-भ्राताङ भीरमा ‘ब्लाष्टिङ’ गरेर मनाङ जाने ट्र्याक खोलिँदै Read Previous

तलेखु-भ्राताङ भीरमा ‘ब्लाष्टिङ’ गरेर मनाङ जाने ट्र्याक खोलिँदै

खाने तेलको मूल्य दोब्बरले वृद्धि, किन अचाक्ली बढ्दै छ भाउ ? Read Next

खाने तेलको मूल्य दोब्बरले वृद्धि, किन अचाक्ली बढ्दै छ भाउ ?