बसभन्दा जहाजभाडा सस्तो, विराटनगरको दुईतर्फी भाडा जम्मा २ हजार, अन्य गन्तव्यको कति ?

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न ‘जनै पूर्णिमा स्पेशल अफर’ ल्याएको छ ।

 

यसअघि पनि विभिन्न अफर ल्याएको कम्पनीले जनै पूर्णिमालाई लक्षित गर्दै ‘स्पेशल अफर’ ल्याएको हो । यसअफर अन्तर्गत मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी ३ गन्तव्यको टिकट सस्तो मूल्यमा किन्न सकिने छ ।

 

यति एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं–विराटनगरको दुईतर्फी टिकट जम्मा २ हजार रुपैयाँमै काट्न सकिनेछ ।यसरुटको यो हवाईभाडा बसभाडाभन्दा पनि सस्तो छ । काठमाडौं–विराटनगर रुटको एकतर्फी बसभाडा मात्रै ११८७ रुपैयाँ छ ।

यस्तै, काठमाडौं–भद्रपुरको दुईतर्फी हवाईभाडा २२०० रुपैयाँ तोकिएको एयरलाइन्सले जनाएको छ । यस रुटको बसभाडा १३४५ रुपैयाँ रहेको छ ।

 

यसैगरी, एयरलाइन्सले जनै पूर्णिमाको अवसरमा काठमाडौं–नेपालगञ्जको दुईतर्फी जहाजभाडा २४०० रुपैयाँ तोकेको छ । यो हावाईभाडा पनि बसभाडाभन्दा सस्तो हो । यस रुटको बसभाडा १२८६ रुपैयाँ रहेको छ ।

 

यो अफर २ दिन आज र भोलि (अगस्ट २२ र २३ )सम्म मात्र लागू हुने एयरलाइन्सले जनाएको छ ।

मनाङ पुग्न नयाँ सडक ट्रयाक बनाइँदै Read Previous

मनाङ पुग्न नयाँ सडक ट्रयाक बनाइँदै

सामाजिक सञ्जालमा हुने अनलाइन विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन Read Next

सामाजिक सञ्जालमा हुने अनलाइन विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन