फाइनान्स र विकास बैंक चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । फाइनान्स र विकास बैंकको सेयर मूल्यमा उछाल आउँदा नेप्सेले सर्वाधिक विन्दुको नयाँ रेकर्ड बनाएको छ ।

 

नेप्सले ३१९८ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्से ३१९० विन्दु माथि पुगेको इतिहासमै पहिलोपटक हो । यसअघि साउन २८ गते इतिहासकै उच्च ३१७८ विन्दुको रेकर्ड बनाएको छ ।

 

सूचकमा रेकर्ड बनाएको दिन कारोबार रकममा पनि रेकर्ड बनाएको छ । आज एकै दिन २१ अर्ब २० करोड बढीको कारोबार भएको छ । यो एकैदिन कारोबार भएको दोस्रो धेरै रकम हो । यसअघि आइतबार सर्वाधिक २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो ।

 

यस्तै, नेप्सेले आज सर्वाधिक बजार पूँजीकरणको पनि रेकर्ड बनाएको छ । सूचीकृत कम्प्नीहरुको बजार पूँजीकरण ४४ खर्ब ५० अर्ब नाघेको छ । यो हालसम्मकै धेरै हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ३८.२८ अंकले बढेर ३१९८.६० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२८ कम्पनीको २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँ बराबरको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार म्युचुअल फण्डबाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ५.५५ प्रतिशतले बढेको छ । यस्तै फाइनान्स समूह पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज कारोबारमा आएका २२८ कम्पनीमध्ये १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

 

दोहोरो अंकले बढेको बजारमा आज ६ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । अरुण भ्याली, अरुण काबेली, शिवम् सिमेन्ट र जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, आँखुखोला जलविद्युत् र महालक्ष्मी विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यस्तै, गुडविल फाइनान्स, लुम्बिनी विकासस बैंक, एनआरएन इन्फ्रास्ट्रक्चरका सेयरधनीले पनि ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

 

बढ्दो बजारमा सिद्धार्थ बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै ५.८७ प्रतिशत गुमाएका छन् ।

ईपीएस पास भएकालाई कोरिया पठाउन जहाज खोज्दै सरकार, बोलपत्र आह्वान Read Previous

ईपीएस पास भएकालाई कोरिया पठाउन जहाज खोज्दै सरकार, बोलपत्र आह्वान

नेपालकै पहिलो ग्वार्कोमा 'फ्लाइओभर' बनाउन ९ कम्पनी इच्छुक, यसरी हुन्छ दुर्घटना र जाम कम Read Next

नेपालकै पहिलो ग्वार्कोमा 'फ्लाइओभर' बनाउन ९ कम्पनी इच्छुक, यसरी हुन्छ दुर्घटना र जाम कम