बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्री खुला गरेको हो ।

 

कम्पनीको आइपीओमा १४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 

लगानीकर्ताले आइपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि ८ लाख कित्ता सेयर जारी गर्नेछ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

भदौ ९ देखि तेह्रथुम पावरको आइपीओ खुल्ने, ६० हजार कित्तासम्म भर्न पाइने Read Previous

भदौ ९ देखि तेह्रथुम पावरको आइपीओ खुल्ने, ६० हजार कित्तासम्म भर्न पाइने

बैंकहरुको नाफा २०% बढ्यो, ८ बैंकको ३ अर्ब माथि, कुनको कति ? (सूचीसहित) Read Next

बैंकहरुको नाफा २०% बढ्यो, ८ बैंकको ३ अर्ब माथि, कुनको कति ? (सूचीसहित)