एक्सेल डेभलपमेन्ट बैंकले पायो हकप्रद जारी गर्न अनुमति

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

 

नेपाल धितोपत्र बोर्डले बैंकलाई १०ः३ अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बैंकले प्रतिकित्ता १०० रुपयाँ दरले २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।

 

बोर्डबाट अनुमति पाएसंगै अब हकप्रद निष्काशन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । हकप्रद जारी गर्न बैंकले यसअघि नै एनआईबीएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

नेप्सेमा पहिरो : प्रतिमिनेट १२ करोडको किनबेच, किन भयो यति धेरै कारोबार ? Read Previous

नेप्सेमा पहिरो : प्रतिमिनेट १२ करोडको किनबेच, किन भयो यति धेरै कारोबार ?

भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने प्रस्ताव Read Next

भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने प्रस्ताव