मिर्मिरे लघुवित्तको लाभांश घोषणा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनी मर्जरका गएकाले लाभांशमा कर नलाग्ने भएकाले कम्पनीले नगद भने छुट्याएको छैन ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

हाल ४३ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले ८ करोड ७० लाख रुपैयाँको बोनस वितरण गर्नेछ । बोनसपछि कम्पनीको चुक्ता पूँजी ५२ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

हाइड्रोको सेयरमा अस्वभाविक चलखेल, बोनस र राइटको हल्लामा मूल्य उचालिँदै Read Previous

हाइड्रोको सेयरमा अस्वभाविक चलखेल, बोनस र राइटको हल्लामा मूल्य उचालिँदै

नेप्सेमा पहिरो : प्रतिमिनेट १२ करोडको किनबेच, किन भयो यति धेरै कारोबार ? Read Next

नेप्सेमा पहिरो : प्रतिमिनेट १२ करोडको किनबेच, किन भयो यति धेरै कारोबार ?