सरकारले आज देशको अर्थतन्त्रको यर्थाथपत्र सार्वजनिक गर्दै

काठमाडौं । सरकारले आज मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न लागेका हुन् ।

 

प्रतिनिधिसभाको बैठक आज अपरान्ह् १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्रीले यर्थाथपत्र सार्वजनिक गर्ने गरी समय माग गरेका छनन् । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले यर्थाथपत्र सार्वजनिक गर्नका लागि अर्थमन्त्रीले समय माग गरेको बताए ।

 

अर्थमन्त्री शर्माले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमका बारेमा जानकारी दिने उद्देश्यले यर्थाथपत्र ल्याउन लागेको यसअघि नै घोषणा गरिसकेका छन् ।

 

उनले कोही कसैलाई आरोपित गर्नेभन्दा पनि मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा देश र जनतालाई जानकारी दिनु सरकारको दायित्व रहेको बताउँदै आएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि पहिलो पटक श्वेतपत्र नभनीकन यर्थाथपत्र सार्वजनिक गर्न लागिएको हो ।

कतारको हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट बन्यो संसारकै उत्कृष्ट, यी हुन् विश्वका उत्कृष्ट १० एयरपोर्ट Read Previous

कतारको हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट बन्यो संसारकै उत्कृष्ट, यी हुन् विश्वका उत्कृष्ट १० एयरपोर्ट

कर नबुझाउने ४० करदाताको जग्गा र बैंक खाता रोक्का Read Next

कर नबुझाउने ४० करदाताको जग्गा र बैंक खाता रोक्का