कतारको हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट बन्यो संसारकै उत्कृष्ट, यी हुन् विश्वका उत्कृष्ट १० एयरपोर्ट

काठमाडौं । सिंगापुरको चाङ्गी एअरपोर्टलाई पछि पार्दै कतारको राजधानी दोहोमा रहेको हमाद अन्तराष्ट्रिय एयरपोर्ट सन् २०२१ को लागि उत्कृष्ट एयरपोर्टमा छानिएको छ ।

 

विगत एक दशकदेखि सिंगापुरको चाङ्गी एयरपोर्ट विश्वको अन्तराष्ट्रिय एयरपोर्ट मध्य उत्कृटताको पहिलो नम्बरमा रहेको थियो । स्काईट्रयाक्स नामक कम्पनीले यात्रीहरुको भोटिडका आधारमा वार्षिक रुपमा विश्वका उत्कृष्ट १०० एयरपोर्टहरुको र्याङ्कीङ गर्दै आएको छ ।

 

कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट विगतका वर्षहरुमा निरन्तर र्याङ्कीगमा अगाडि बडिरहेको थियो । कतारको सरकार तथा कतार एयरलाउन्सले हमाद एयरपोर्टलाई पहिलो स्थानमा पुर्याउनका लागि धेरै मिहेनत र लगानी गरेको छ । कतार एयरवेजका ट्रान्जीटका यात्रीहरुलाई कतार एयरपोर्टमा फ्रीसिटी टुर, सित्तैमा खाने तथा वस्ने सुविधाका साथै भीआइपी ट्रान्फरको सुविधा आदि रहेको छ । जसले गर्दा उक्त एयरपोर्ट मार्फत यात्रा गर्ने यात्रुहरुले एकदमै मनपराएका छन् ।

यस वर्षको र्याङ्कीङको दोस्रो स्थानमा जापानको राजधानी टोकियोको हानेदा एयरपोर्ट छानिएको छ । हानेदाका साथै पाँचौ नम्बरमा टोकियोकै अर्को नारीता एयरपोर्ट तथा नवौं नम्बरमा जापानको अर्को सहर ओशाकाको कन्साई एयरपोर्ट उत्कुष्ट १० एयरपोटमा पर्न सफल भएका छन् । धेरै वर्षदेखि पहिलो स्थानमा रहेको चाङ्गी एयरपोर्ट भने यस वर्षको र्याङ्कीङमा तेस्रो नम्बरमा धकेलिएको छ । चौथोमा कोरियाको इन्चोन अन्तर्राष्ट्रिय एयरपोर्ट, तथा दसौमा हङकङको अन्तर्राष्ट्रिय एयरपोर्ट छानिएको छ ।

 

यस वर्षको टप टेनमा एशियाका एयरपोर्टको वर्चस्व रहेतापनि क्रमशः छैठौंदेखि नवौं नम्बरसम्ममा युरोपका एयरपोर्टहरु पर्न सफल भएका छन् । जसमा छैठौं नम्बरमा जर्मनको म्युनिख सातौंमा स्वीटजरल्याण्डको जुरीच एयरपोर्ट तथा आठौंमा लण्डनको हिथ्रो अन्तर्राष्टिय एयरपोर्ट पर्न सफल भएका छन् ।

 

हाम्रो नजिककैको भारतको ४ वटा एयरपोर्टहरु भने टप १०० एयरपोर्टमा पर्न सफल भएका छन् । जसमा दिल्लीको एयरपोर्ट ४५ औं स्थानमा, हैदरावाद ६४ औं स्थानमा, मुम्बई ६५ औं स्थानमा तथा बेडलुरु एयरपोर्ट ७१ औं स्थानमा पर्न सफल भएका छन् । त्यस्तै चाइनाको ग्वान्जाव १४ औ स्थानमा, टर्किको स्तानबुल १७ औं स्थानमा, दुवई एयरपोर्ट १९ औं स्थानमा, चाइनाकै सांघाई २१ औं स्थानमा तथा जापानको फुकुओका २७ औं स्थानमा पर्न सफल भएका छन् ।

सम्पर्कमा नआउने ठूला करदातको सेवा बन्द गर्ने तयारी, यी हुन कर नतिर्ने ५२ करदाता Read Previous

सम्पर्कमा नआउने ठूला करदातको सेवा बन्द गर्ने तयारी, यी हुन कर नतिर्ने ५२ करदाता

सरकारले आज देशको अर्थतन्त्रको यर्थाथपत्र सार्वजनिक गर्दै Read Next

सरकारले आज देशको अर्थतन्त्रको यर्थाथपत्र सार्वजनिक गर्दै