रुरुलाई पछिपार्दै ङादी बन्यो सबैभन्दा धेरै सेयर मूल्य हुने हाइड्रोपावर, कति पुग्यो भाउ ?

काठमाडौं । रुरुलाई जलविद्युत् पछिपार्दै ङादी पावर कम्पनी सेयर बजारमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये सबैभ्न्दा धेरै सेयर मूल्य हुने कम्पनी बनेको छ ।

 

पछिल्ला समय निरन्तर सेयर मूल्य बढ्दै आएको ङादीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता ११७१ रुपैयाँ पुगेसँगै सबैभन्दा धेरै महँगो सेयर हुने कम्पनी बनेको हो ।

 

हाल नेप्सेमा सूचीकृत ४१ वटा हाइड्रोपार कम्पनीमध्ये ङादी सबैभन्दा धेरै मूल्य हुने हाइड्रोपावर बनेको हो ।

 

पछिल्लो दुई सातामा मात्रै ङादीको सेयर मूल्य प्रतिकित्ता ४५० रुपैयाँभन्दा धेरैले बढेको छ । साउन १० गते प्रतिकित्ता ७०७ रुपैयाँ मूलय रहेको कम्पनी सेयर आज बढेर ११७१ रुपैयाँ पुगेको छ । पछिल्ला समय यस कम्पनीको सेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट लाग्दै आएको छ ।

 

यसअघि सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनीको रुपमा रहेको रुरुको सेयर आज प्रतिकित्ता १०८६ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सूचीकृत हाइड्रोपावर कम्पनीहरु मध्ये तुलनात्मक रुपमा बलियो रहेको र वर्षेनी लाभांस समेत दिँदै आएकाले ङादीको सेयरमा लगानीकर्ता आकर्षित भएका हुन् । यस्तै, कम्पनीले निकट भविष्यमै ३० प्रतिशत हकप्रद ल्याउने जनाएकाले दैनिक सेयर मूल्य आकाशिएको हो ।

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

डा. भट्टराईको अभिव्यक्ति र बैंकर तथा सेयर लगानीकर्ताले बुझ्न नचाहेको विषय Read Next

डा. भट्टराईको अभिव्यक्ति र बैंकर तथा सेयर लगानीकर्ताले बुझ्न नचाहेको विषय