काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
त्यसैगरी, बैठकले बोनस सेयर वितरणपछि कायम हुने पूँजीको ५० प्रतशित (२ः१ अनुपातमा) हकप्रद सेयर गारी पनि घोषणा गरेको हो।
हाल कम्पनीको चुक्ता पूँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ छ। १० प्रतिशत बोनस वितरणपछि चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। उक्त चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ।
लाभांश र हकप्रद दुवै प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।