काठमाडौंं । हालसम्म देशको कुल जनसंख्याको करिब ७८ प्रतिशतमा राष्ट्रिय प्रणालीको विद्युत पहुँच पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले आइतबार ३४ औं वाषिर्कोत्सवको अवसरमा सार्वजनिक गरेको विद्युतीकरण तथ्याङ अनुसार अझै देशको कुल जनसंख्याको करिब २२ प्रतिशतले राष्ट्रिय ग्रिडको विद्युत् प्रयोग गर्न पाएका छैनन् ।
प्राधिकरणका अनुसार देशका सात प्रदेशमध्ये प्रदेश नं. ३ मा सबैभन्दा धेरै विद्युत्तीकरण भएको छ । प्रदेश नं ३ मा ९०.३० प्रतिशत विद्युतीकरण भएको छ ।
यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम २७.०३ प्रतिशत मात्रै विद्युतीकरण भएको छ ।प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा ८७.३९ प्रतिशत विद्युत्तीकरण भएको छ ।
यस्तै, प्रदेश नं ५मा ८१.०३, प्रदेश नं २मा ७९.७७, प्रदेश नं १मा ७५.९० र सुदूरपश्चिम प्रदेशमा ५८.९० प्रतिशत विद्युतीकरण भएको छ ।