चीनको वैदेशिक मुद्रा सञ्चिति ३२ खर्ब ३५ अर्ब डलर पुग्यो

बेङजिङ । सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको यहाँको राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले शनिबार बताएको छ ।

 

अगष्ट ७ तारिखमा दिएको तथ्याङ्क अनुसार चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ ।

 

वैदेशिक मुद्रा सञ्चिति यस वर्षको जुन महिनाको तुलनामा २१ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । त्यस्तै वृद्धि दर ०.६८ प्रतिशतले बढेको छ ।

 

राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागका प्रवक्ता वाङ छुनयीङले चीनको वैदेशिक मुद्रा बजारको माग र आपूर्ति सन्तुलित रहेको र बजारको भविष्य पनि स्थिर रहनसक्ने दावी गरेका छन् ।

 

चिनियाँ अधिकारीका अनुसार कोभिड महामारी गम्भीर भएको, मुख्य मुलुकका मुद्रागत नीतिको अनुमान र समष्टिगत आर्थिक तथ्याङ्क लगायतका कारक तत्वको प्रभावस्वरूप अमेरिकी डलर बाहेकका मुद्राहरूको मूल्य बढेको छ । सिन्ह्वा

अजय सुमार्गीदेखि संचय कोषसम्मले बुझाएनन् कर, यी हुन कर नतिर्ने ५२ करदाता (नामसहित) Read Previous

अजय सुमार्गीदेखि संचय कोषसम्मले बुझाएनन् कर, यी हुन कर नतिर्ने ५२ करदाता (नामसहित)

ल्याण्ड पुलिङ गर्दा के फाइदा हुन्छ ? स्पष्ट गर्न काठमाडौंका ३ नगरपालिकाको स्थानीयको माग Read Next

ल्याण्ड पुलिङ गर्दा के फाइदा हुन्छ ? स्पष्ट गर्न काठमाडौंका ३ नगरपालिकाको स्थानीयको माग