नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्ला दिनहरुमा दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नआज दोहोरो अंकको करेक्शन आएको हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब डेढ अर्बले घटेर १४ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १६ अंकले घटेर ३१०७.४५ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये विकास बैंक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूह २.२४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२६ कम्पनीमध्ये ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्यमा गिरावट आएको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अपी माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर ५८ करोड र अरुण भ्याली हाइड्रोपावर ४९ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज ४ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यस्तै, युनियन लाइफ इन्स्योरेन्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन भने फर्स्ट माइक्रोफाइनान्सको मूल्य ८.२० प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै ६.७९ प्रतिशत गुमाएका छन् ।

कोरोनाले चौपट तर, कागजे नीतिले छुन नसकेको 'सलिम' जस्ताको साना व्यवसाय Read Previous

कोरोनाले चौपट तर, कागजे नीतिले छुन नसकेको 'सलिम' जस्ताको साना व्यवसाय

तनहुँ जलविद्युतले प्रतिरोपनी २४ लाखसम्म मुआब्जा बाँड्ने Read Next

तनहुँ जलविद्युतले प्रतिरोपनी २४ लाखसम्म मुआब्जा बाँड्ने