पहिलो दिनमा कतिले भरे सानिमा लाइफको आइपीओ ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा पहिलो दिनमै आवेदनको ओइरो लागेको छ ।

 

कम्पनीको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बुधबार ४ः४५ बजेसम्म ६ लाख ९९ हजार ३९४ जनाले १ करोड १५ लाख ४६ हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् ।

 

कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

 

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

लघुवित्तको आइपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी (ट्रिपल बी) माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

 

हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ५४ लाख कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ५ लाख ४० जनालाई मात्र सेयर दिन पुग्छ ।

 

यसअघि खुलेका आइपीओमा २१ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

स्मार्ट लाइसेन्स छपाइमा ढिलाइप्रति छानबिन गरी कारबाही गर्न निर्देशन Read Previous

स्मार्ट लाइसेन्स छपाइमा ढिलाइप्रति छानबिन गरी कारबाही गर्न निर्देशन

जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी ११३ रुपैयाँ, कति कमायो खुद नाफा ? Read Next

जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी ११३ रुपैयाँ, कति कमायो खुद नाफा ?