काठमाडौं । एनआइबीएल एस क्यापिटलले सित्तैमा डिम्याट खाता खोल्ने अफर ल्याएको छ । क्यापिटलले यस अफर अन्तर्गत डिम्याट खोल्दा कुनै शुल्क नलाग्ने जनाएको हो ।
ग्राहकले क्यापिटलको कार्यालयमा नगई घरबाटै अनलाइन मार्फत डिम्याट खाता खोल्न सक्ने क्यापिटलले जनाएको छ ।
यसरी डिम्याट खोल्ने ग्राहकले नेपालकै पहिलो खुलामुखी म्युचुअल फण्ड एनआइबीएल सहभागिता फण्डको १०० इकाई उपहार पाउने छन् । हरेक महिना १० जना विजेतालाई यस्तो उपहार दिइने क्यापिटलले जनाएको छ ।
साउन २० देखि कात्तिक २० सम्म डिम्याट खोल्नेलाई हरेक महिना लक्की डर्मा सहभागी गराइने छ ।
एनआइबील एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको व्यवस्थापनमा संचालित कम्पनी हो ।