अब भरतपुर-भैरहवा सीधा उडान हुने, साताको तीन फ्लाइट हुने

काठमाडौं । अब चितवनको भरतपुर विमानस्थलबाट भैरहवा सीधा उडान हुने भएको छ । काठमाडौं बाहिरबाट पनि अन्तरप्रदेश उडान विस्तार गर्ने क्रममा बुद्ध एयरले भरतपुर-भैरहवा रुटमा उडान गर्न लागेको हो ।

 

बुद्ध एयरका अनुसार १५ अगष्ट (साउन ३१) देखि भरतपुर–भैरहवा सीधा उडान हुने छ । साताको तीन दिन शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने उडान तालिका तय गरिएको कम्पनीले जनाएको छ ।

 

यसअघि बुद्धले काठमाडौं बाहिर पोखरा–नेपालगन्ज रुटमा सीधा उडान शुरु गरिसकेको छ भने चाँडै नै पोखराबाट विराटनगर र सिमरामा पनि उडान भर्ने तयारी गरेको छ ।

बाढीपहिरोले देशभरका १५८ सडक अवरुद्ध, ८० करोड बढीको क्षति Read Previous

बाढीपहिरोले देशभरका १५८ सडक अवरुद्ध, ८० करोड बढीको क्षति

रिलायबल लाइफले प्रिमियममा आइपीओ जारी गर्न माग्यो अनुमति, प्रतिकित्ता भाउ कति ? Read Next

रिलायबल लाइफले प्रिमियममा आइपीओ जारी गर्न माग्यो अनुमति, प्रतिकित्ता भाउ कति ?