काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आज ( १० बजे) देखि प्राथमिक साधरण सेयर (आइपीओ) खुल्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको आइपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी (ट्रिपल बी) माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।
हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कति कित्ता भर्नु उपयुक्त ?
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई ५४ लाख कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ५ लाख ४० जनालाई मात्र सेयर दिन पुग्छ ।
यसअघि खुलेका आइपीओमा २१ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।