हाइड्रोको सेयरमा लगानीकर्ताको आकर्षण, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजार झिनो अंकले वृद्धि भएको छ । बजार खुलेको केही समयदेखि ओरालो लागेको बजार अन्त्यमा न्यून अंकको सुधार आएर बन्द भएको हो ।

 

हाइड्रोपावर माइक्रोफाइनान्स समूहको सेयरमा चमक देखिए पनि बैंकिङ, फाइनान्स र बीमा समूहको सेयरमा गिरावट आउँदा नेप्सेमा दबाब देखिएको हो । सूचकमा झिनो सुधार आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज १२ अर्ब बढीको कारोबार भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १.२५ अंकले बढेर ३०८१.०५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ बराबरको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक राताम्मे भएक छन् भने ६ समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.४९ प्रतिशतले बढेको छ भने होटल समूह २.३२ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२६ कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा युनाइटेड मोदी हाइड्रोपावरको ३५ करोड र सिनर्जी पावर ३२ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

झिनो अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । सिनर्जी पावर, कालिका पावर, घलेम्दी, युनिभर्सल, ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, ङादी पावर र सीईडीबी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । रैराङ हाइड्रोपावरको पनि सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै ६.९८ प्रतिशत गुमाएका छन् ।

काठमाडौंमा मेट्रो रेल बनाउन रातो मछिन्द्रनाथ बाधक बन्ने, निर्माण नगर्न पत्र Read Previous

काठमाडौंमा मेट्रो रेल बनाउन रातो मछिन्द्रनाथ बाधक बन्ने, निर्माण नगर्न पत्र

३२ सुत्रीय माग राख्दै टेलिकमका कर्मचारी १२ दिनदेखि आन्दोलनमा Read Next

३२ सुत्रीय माग राख्दै टेलिकमका कर्मचारी १२ दिनदेखि आन्दोलनमा