मिर्मिरे लघुवित्तको नाफा ६ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुदा नाफा ४८१.८८ प्रतिशतले वृद्धि भएको छ ।

 

लघुवित्तले गत आवको असार मसान्तसम्म २० करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै ६ गुणा बढी हो । लघुवित्तले आव २०७६/७७ को असार मसान्तसम्म ३ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा सुधार आउँदा नाफामा वृद्धि भएको हो । लघुवित्तको खुद ब्याज आम्दानी १२९.२० प्रतिशतले बढेर ४४ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

 

४३ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३४ करोड ५३ रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ८८ करोड रुपैयाँ निक्षेप र ४ अर्ब ५९ करोड रुपैयाँ सापटी लिई कुल ६ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी झन्डै तीन गुणाले बढेर ४६ रुपैयाँ पुगेको छ । असार मसान्तसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १७९.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.२२ गुणा र खराब कर्जा १.९९ प्रतिशत रहेको छ ।

साउन २२ देखि सामलिङ पावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ? Read Previous

साउन २२ देखि सामलिङ पावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?

पुल भासिँदा नुवाकोटमा यातायात पूर्णरूपमा ठप्प Read Next

पुल भासिँदा नुवाकोटमा यातायात पूर्णरूपमा ठप्प