विश्वभर ३ अर्ब ८८ करोड डोज कोरोना खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?

एएफपी । विश्वभर ३ अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज कोरोना विरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।

 

चीनमा १ अर्ब ५५ करोड २ लाख ६८ हजार डोज कोरोना विरुद्ध खोप लगाइएको छ । भारतमा ४४ करोड १९ लाख १२ हजार ३९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

 

अमेरिकामा ३४ करोड ११ लाख ६० हजार ९३९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ८० लाख ७२ हजार २४३ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

 

यसैगरी, जर्मनी ८ करोड ९३ लाख ८७ हजार २५७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड ४५ लाख ८८ हजार ५३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

 

जापान ७ करोड ७७ लाख २६ हजार ९२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ९८ लाख ८४ हजार ७६७ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

 

यस्तै, टर्कीमा ६ करोड ७७ लाख ८७ हजार ३३२ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ५८ लाख ८७ हजार ९५४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

यती एयरलाइन्सले ल्यायो पोखरासहित ५ गन्तव्यको सस्तो टिकट अफर, कहाँको कति ? Read Previous

यती एयरलाइन्सले ल्यायो पोखरासहित ५ गन्तव्यको सस्तो टिकट अफर, कहाँको कति ?

घरको इनार खन्दा भेटियो झन्डै १२ अर्बको नीलमणि ! Read Next

घरको इनार खन्दा भेटियो झन्डै १२ अर्बको नीलमणि !