साउन २७ देखि मानुषी लघुवित्तको आइपीओ खुल्ने, कति कित्ता आउँदै ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले साउन २७ देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्रीमा ल्याउने भएको हो ।

 

कुल निष्काशित आइपीओमध्ये ०.५ प्रतिशत (५ हजार ४६९ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१९ हजार ६८८ कित्ता) सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

कम्पनीको सेयर विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (ट्रिपल बी) प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

 

लघुवित्तको आइपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

साउन २० देखि सानिमा लाइफको आइपीओ खुल्ने Read Previous

साउन २० देखि सानिमा लाइफको आइपीओ खुल्ने

राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकिङ क्षेत्रमा कस्तो असर पर्छ ? Read Next

राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकिङ क्षेत्रमा कस्तो असर पर्छ ?