करण चौधरीद्वारा नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसिएशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

 

उनी हालको नाडाको कार्यसमितिमा उपाध्यक्ष छन् । उनले प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएका हुन् ।

 

अटोमोबाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण वनाउन सरकारको नीतिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत उनको उद्देश्य रहेको छ ।

 

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोबाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थान सँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताए ।

प्रोग्रेसिभ फाइनान्सले शुरु गर्‍यो ऋण अटोमेसन प्रणाली Read Previous

प्रोग्रेसिभ फाइनान्सले शुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

साउन २० देखि सानिमा लाइफको आइपीओ खुल्ने Read Next

साउन २० देखि सानिमा लाइफको आइपीओ खुल्ने