काठमाडौं । विगत १० वर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको घोरही सिमेन्ट इन्डष्ट्रीले सगरमाथा सिमेन्टको ओपीसी सिमेन्टको २५ केजीको हाफ प्याक बजारमा ल्याएको छ ।उद्योगले उपभोक्ताको माग र सहज आपूर्तिलाई मध्यनजर गर्दै २५ केजीको हाफ प्याक ओपीसी सिमेन्ट बजारमा ल्याएको हो ।
घोराही सिमेन्ट नेपालको सिमेन्ट उद्योगमा अग्रणी उत्पादक भएको र यसका उत्पादनहरूका गुणस्तरतामा आफ्नो स्थान अन्य सिमेन्टहरू भन्दा अलगै दजार्मा कायम राख्दै आएको छ ।
हालसालै कम्पनिले नेपालमै पहिलो पटक सिमेन्ट इन्डष्ट्रीमा अन्तराष्ट्रिय ख्याति प्राप्त संस्था NABL (National Accreditation Board for Testing and Calibration Laboratories) बाट ल्याब सञ्चालनमा आधिकारीकता समेत प्राप्त गरेको छ । जसका कारण यस उद्योगले उत्पादन गर्ने यस २५ केजीको हाफ प्याकमा समेत अन्तराष्ट्रिय स्तरको गुणस्तरता कायम राख्न कम्पनी सफल भएको छ ।
यस २५ केजीका हाफ प्याक बोरा वितरण प्राणलीमा सहज हुने र स–साना सिमेन्टसँग जोडिएका निमार्णका कार्यहरू गर्न सजिलो हुने भएकाले यो हाफ प्याक सगरमाथा ओपीसी र सगरमाथा पीपीसी सिमेन्ट गोल्ड जस्तै बजारमा धेरै लोकप्रिय हुने कुरामा कम्पनी पूर्ण विश्वस्त रहेको छ ।
नेपालको भौगोलिक अवस्थाका कारण विकास र निमार्णमा काममा आवश्यक सामाग्रीहरू सजिलै एक ठाँउबाट अर्काे ठाँउमा लान निकै कठिन छ । विशेषत हिमाली क्षेत्रमा विकास निमार्णका कार्यहरू गर्दा निमार्ण सामाग्री ओसार पसारमै लागत तथा समयको बढि खर्च हुने भएकोले निमार्ण कार्य बढि खर्चिलो हुने गरेको छ ।
यसै कुरालाई मध्यनजर गर्दै घोराही सिमेन्ट इन्डष्ट्रीले सगरमाथा ब्राण्डका कम तौलका सिमेन्टका बोराहरू जसलाई ओसार पसार गर्न सहज, निमार्णमा समेत अनावश्यक खेर कम र निमार्ण समेत कम खर्चिलो होस् भन्ने हेतुले यो २५ केजीको हाफ प्याक सिमेन्ट बजारमा ल्याएको जानकारी कम्पनीले दिएको छ ।